नेपाली काँग्रेसका सुपका महामन्त्री शाह सहित घाईते तीनजनाको शाहजहाँपुरमा उपचार शुरु

भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परी घाईते भएका नेपाली काँग्रेस सुदूर पश्चिमका महामन्त्री नरनारायण शाह मनु सहित तीन जनाको शाहजहाँपुर उपचार शुरु भएको छ ।

खुटारमा दुर्घटनामा घाईते भएका छ जनामध्ये तीन जनालाई उपचारका लागि खुटारबाट शाहजहाँपुर लगिएको थियो । तीन जनालाई धनगढी ल्याईदैछ ।

परिवारका सदस्य सहित धनगढीबाट दिल्ली जादै गरेका शाह चढेको गाडी आज बिहान भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परेको हो ।

शाह चढेको गाडी बससंग ठोकिएको थियो । बसको ठक्करबाट उनी चढेको गाडी पुरै क्षतिग्रस्त भएको छ ।

दुर्घटनापछि खुटारस्थित सरकारी अस्पतालमा भर्ना गरिएका शाह सहितका घाईतेलाई आकस्मिक उपचारपछि शाहजहाँपुर लगिएको हो । त्यहाँ पनि उपचार संभव नभएपछि लखनउ लगिने बताईएको छ । शाहको अवस्था खतरामुक्त रहेको बताईएको छ ।

दुर्घटनापछि खुटारस्थित सरकारी अस्पताल भर्ना गरिएका शाहलाई त्यहाँबाट शाहजहाँपुरस्थित सरकारी अस्पतालमा रेफर गरिएको थियो।

बसको ठक्करबाट शाह चढेको गाडीको अगाडिको भाग पुरै कच्याकचुक भएको छ । दुर्घटना लगत्तै घट्नास्थल पुगेका सर्वसाधारणहरुले गाडीभित्रबाट शाह सहितका घाईतेहरुलाई बाहिर निकालेका थिए । शाह नियमित स्वास्थ्य जाँचका लागि सपरिवार दिल्ली जादै थिए ।

गाडीमा शाह, उनकी पत्नी, छोरी, आमा, बहिनी र ज्वाई सवार थिए । शाह, बहिनी र ज्वाईलाई थप उपचारका लागि शाहजहाँपुर लगिएको बताईएको छ ।

दुर्घटनाको जानकारी पाएपछि धनगढीबाट हिडेका परिवारका सदस्य शाहजहाँपुर पुग्दैछन्।

Leave A Reply

Your email address will not be published.