सेफ हाउस डाेटीकाे सराेकारवाला निकायसंग समन्वयात्मक बैठक सम्पन्न

डोटी _सेफ हाउस डोटीले हालसम्म प्रदान गर्दै आएको सेवा, संरक्षण र पुनर्स्थापना प्रयासहरूका विषयमा समिक्षा र  दीगो सञ्चालनका सम्भावनाहरूबारे डोटीमा सरोकारवाला निकायहरूसँग समन्वयात्मक छलफल कार्यक्रम सम्पन्न गरिएको छ।

‎कार्यक्रममा जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले सशक्त महिला समृद्ध नेपाल परियोजना अन्तर्गत युएनएफपीएकाे आर्थिक सहयाेग र साथी संस्थाको प्राविधिक सहयाेग तथा दिपायल सिलगढी नगरपालिकाकाे स्वामित्वमा रहि संचालनमा रहेकाे सुरक्षित आवास गृह (सेफ हाउस) निरन्तर संचालनका लागि सबै पालिकाले सहयाेग गर्नुपर्ने बताउनुभयो ।

साथी संस्थाका प्रोग्राम म्यानेजर पलिता थापाले कार्यक्रमको उद्देश्यको बारेमा प्रकाश पर्नु भएको थियो साथै प्रोग्राम म्यानेजर थापाले सेफहाउस संचालनमा आएका चुनौतीलाई यहाँका स्थानीय निकायहरुले विशेष जोड दिनपर्ने धारणा राख्नु भएको थियो ।

‎कार्यक्रममा सेफ हाउस डोटीले हालसम्म हिंसापीडित महिलाहरूको संरक्षण, स्वास्थ्य सहायता, मनोसामाजिक परामर्श, पुनःस्थापना लगायतका क्षेत्रमा पुर्‍याउँदै आएको योगदानबारे जानकारी गराइएको थियो।

‎सेफ हाउस डोटीका मनोपरामर्शकर्ता बन्दना बमले सेम हाउसको दिगो सञ्चालनका लागि स्थानीय तहहरूको सक्रियता, बजेटको सुनिश्चितता, ऐन–नियममा स्पष्टता तथा बहुपक्षीय सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ।

‎सहभागीहरूले सेवा थप प्रभावकारी बनाउन स्थानीय तहको स्वामित्व, संघसंस्थाबीच सहकार्य र स्रोत परिचालनमा एकमत भएर अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो।

‎डोटीका प्रमुख जिल्ला अधिकारी मोहन राज जोशी, साथै जिल्लाभरिका स्थानीय तहका प्रमुख, उप–प्रमुखहरू तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.