ग्याँसले जलेर गम्भीर घाईतेलाई गाउँपालिका अध्यक्षद्वारा आर्थिक सहयोग

टेक विवस साउँद – किर्तिपुर

डाेटी- ग्याँसले जलेर गम्भीर घाईते भएकालाई पुर्वीचाैकी गाउँपालिकाका अध्यक्षले ५० हजार आर्थिक सहयोग गरेका छन्। काठमाण्डौ स्थित कीर्तिपुरमा रहेको कृतिपुर अस्पतालमै पुगेर सहयोग गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए ।
डोटीको पुर्बिचौकि गाउँपालिका वडा नम्बर २ घरभई काठमाडौं बस्दै आएका २३ वर्षिय विवेक ठकुल्ला र २५ वर्षिय टेकराज ठकुल्लाकाे शुक्रबार बिहान काेठामा खाना पकाउने क्रममा ग्याँस लिग भई आगलागीबाट घाइते भएकाे आफन्त धनराज ओलिले बताए ।

बिबेक ठकुल्लाकाे सामान्य घाइते भएकाेले नर्मल वार्डमा उपचार भैरहेकाे र टेकराज ठकुल्ला गम्भीर घाइते भएका कारण आईसियुमा उपचार भईरहेकाे पारिवारिक स्राेतले जनाएकाे छ  । घाईते दुबै जनाकाे अनुहार, हात र खुट्टा जलेकाे छ ।

Leave A Reply

Your email address will not be published.