डोटीमा एक जना मृत अबस्थामा फेला

डोटीमा एक जना पुरुष मृत अवस्थामा फेला पारेका छन् ।सायल गाउँपालिका–६ दल्लेखका ४१ वर्षीय सुवास दमाई सोही ठाउँको काभ्रे भन्ने जंगलमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। गत जेठ १९ गते दिउँसो करिब ३ बजे घरबाट निस्किएका दमाई सोही दिनदेखि सम्पर्कविहीन भएकोमा परिवारले खोजतलास गर्दै जाँदा आज जंगलमा शव फेला परेको हो।
‎स्थानीयले शव देखेपछि इलाका प्रहरी कार्यालय आदर्श, डोटीलाई खबर गरेका थिए। खबर पाएलगत्तै प्र.नि. राजेन्द्र बहादुर चन्दको नेतृत्वमा पाँच जना प्रहरी टोली घटनास्थलतर्फ खटिएको र घटनाको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.