स्नातक तह प्रथम वर्षकाे परीक्षा फारम म्याद थप

माेहन ठकुल्ला / त्रिभुवन विश्वविद्यालयले ३/४ बर्षे स्नातक तह प्रथम वर्षको आंशिक परिक्षा दिने परीक्षार्थीहरुका लागि परिक्षा आबेदन फारमकाे म्याद थप गरिएकाे छ ।
बुधबार परीक्षा नियन्त्रण कार्यालय बल्खुले एक विज्ञप्ति जारी गर्दै बार्षिक परीक्षा प्रणाली २०७८ को २०७९ सालमा
सचालन हुने ३ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा दिने मानविकी, शिक्षाशास्त्र संकाय र ४ वर्षे व्यवस्थापन,
शिक्षाशास्त्र, मानविकी संकाय र विज्ञान तथा प्रविधी अध्ययन संस्थान तर्फका आंशिक परीक्षार्थीकाे फाराम पाैष २९ गतेसम्म म्याद थप गरेकाे छ ।
विज्ञप्तिमा उल्लेख अनुसार पौष २१ गते देखि पौष २९ गते सम्म नियमित दस्तुमा नै म्याद थप गरिएको छ । यसका साथै साधारण म्याद सकिएको एक हप्ता भित्र दोव्वर दस्तुर सहित आवेदन फारम भर्न सकिने सूचना उल्लेख गरेकाे छ । यस अघि मंसिर २१ गते देखि पौष २० गते सम्म नियमित दस्तुर लिइ फारम भर्ने / भराउने कार्य भएकाे थियाे ।

Leave A Reply

Your email address will not be published.