पेट्राेलियम पदार्थकाे मूल्य घट्याे

पेट्राेलियम पदार्थकाे मूल्य घटेकाे छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले हिजाे आइतवार राति १२ बजेदेखि लागू हुने गरी सरकारले पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे छ ।

याेसँगै अब पेट्राेल प्रतिलिटर एक सय ७५ रुपैयाँ कायम भएकाे छ । डिजल र मट्टीतेल प्रतिलिटर एक सय रू ७५ रुपैयाँ कायम गरिने भएकाे छ । निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन/तीन रुपैयाँका दरले घटाएकाे छ भने  आन्तरिक र अन्तर्राष्ट्रिय हवाई इन्धनमा क्रमश: २० र ३० रुपैयाँले घटेकाे निगमले विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ७० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर एक हजार चार सय २० डलर कायम भएको छ । त्यस्तै निगमले खाना पकाउने (एलपी ग्यास) को मूल्य भने अहिलेलाई यथावत् राखेकाे जानकारी दिएकाे छ ।
यस अघि भारतले पेट्राेलियम पदार्थकाे मूल्यसूची घटाएर पठाए पनि निगमले भने नघटाएकाे भन्दै उपभाेक्ताले विराेध जनाउदै  आएका थिए ।

Leave A Reply

Your email address will not be published.