माेहन ठकुल्ला
नेपाल सरकारले भाेलि सार्वजनिक विदा दिने निर्णय गरेका छ ।
पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते बुधवारका दिन देशैभर सार्वजनिक विदा दिने गृह मन्त्रालयले एक सुचना जारी गरेकाे छ ।
विदेशस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगहरुमा समेत सार्वजनिक विदा दिने नेपाल सरकार मन्त्रिपरिषद्बले २५ गते निर्णय गरि भाेलि पृथ्वी जयन्तीकाे अवसरमा विदा दिने गृहमन्त्रालयकाे उक्त सुचनामा पत्राचार गरिएकाे छ ।
नेपाली नाम र नेपाली पहिचान दिने राष्ट्रनिर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सम्मानमा राज्यको तर्फबाट कुनै कमी हुन नहुने भन्दै हरेक वर्ष पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई उत्सवको रुपमा सरकारले मनाउँदै आएको छ । भाेलि २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइने भएकाे छ ।