सम्झौता अनुसार समयमा काम नसक्ने निर्माण व्यवसायीकाे सम्झौता रद्ध हुन्छ, मन्त्री श्रेष्ठ

माेहन ठकुल्ला
डाेटी,

विकास निर्माणका कार्यहरूमा सम्झौता बमोजिम समयमै काम गर्न नसकेपछि निर्माण व्यवसायीकाे सम्झौता रद्ध गर्ने भाैतिक पुर्वाधार मन्त्रीले बताउनु भयाे ।
दिपायल, खुटिया हुँदै धनगढी र चैनपुर उराई भन्ज्याङ जोड्ने सडकलाई मुख्य प्राथमिकताका साथ निर्माण कार्य अगाडि बढाउन विषेश भूमिका खेल्ने उपप्रधान एवम् भाैतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बताउनु भएकाे छ ।
विगत देखि राेकिएका विकास निर्माणका अधुरा कामलाई तिब्र गतिले अगाडि बढाइ विकास सम्वृद्वि गर्ने लक्ष्य राखेकाे बताउनु भएकाे छ ।
“सेतिकाे हिरा खप्तडकाे माेती कृषि पर्यटन र जलस्रोत बाट बनाउछु समुन्नत डाेटी” भन्ने मुल नाराका साथ डाेटी चेम्बर अफ कमर्सले आयोजना गरेकाे तेस्राे प्रादेशिक महाेत्सव २०७९ उद्घाटन समाराेहमा उद्घाटन गरेर कार्यक्रममा बाेल्दै मन्त्री श्रेष्ठले यस्ताे कुरा बताउनु भएकाे हाे ।
“राजनीति भनेकाे सामाज रूपान्तरण गर्न हाे” विकास निर्माणकाे रूपान्तरण कार्यहरूमा आधुनिकता ल्याउनु, जनतालाई लाभ हुने जनमुखी विकास गर्नु आफ्नाे भूमिकाकाे विषय रहेकाे बताउनु भएकाे छ ।
मन्त्री श्रेष्ठले भन्नू भयाे “डाेटी जिल्लाकाे समग्र विकास निर्माणकाे विषयमा जानकारी दिएकाे छु,आगामी दिनमा
विकास निर्माणका कार्यलाई गुणात्मक ढंगले अगाडि बढाइ जनताका आधारभूत आवश्यकता पूरा परिपुर्ति गर्न प्रतिबद्धता जाहेर गर्नु भयाे । देशमा विकासले फट्काे मारेपछि ३० लाख नेपाली जनतालाई स्वदेशमा नै जीवनशैली फेरिएकाे अनुभुती हुने मन्त्री श्रेष्ठले बताउनु भएकाे छ । देशकाे विकासमा जाेड दिन सबै दलहरूले एकतावद्द ढंगले अगाडि जरूर रहेकाे बताउनु भयाे ।
जिल्लाका समग्र राजनीतिक दलहरूले सडक निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिपाउ, पहिलाे प्राथमिकताका योजनाको सूचिमा समावेशकाे अपिल गर्दै ज्ञापनपत्र बुझाएका छन् । सरकाले डोटीको बिपिनगरमा आयोजना कार्यालय स्थापना गरी काम अगाडी बढाएको सडककाे चालु वर्षमा सरकारले बजेट नै विनियोजन नगरेकाे विभिन्न दलहरूका व्यक्तिहरूले गुनासाे गरेका छन् ।

कार्यक्रममा बाेल्दै उहाले भन्नू भयाे “एक्जिम बैङ्क अफ इन्डियाको ऋण सहयोगमा निर्माण भइरहेकाे सहजपुर,बाेगटान सडक खण्डको बाँकी काम तीव्रगतिले अगाडि बटाउन पहल गर्ने बताउनु भयाे ।

यस्तै ९ वर्ष देखि निर्माण प्रक्रिया सुरु गरी वर्तमान समयमा निमार्ण कार्य अलपत्र अवस्थामा रहेकाे डोटीको शिखर नगरपालिका वडा नम्बर १०  र ११ जोड्ने बानेडुङग्रिसैनमा रहेकाे मोटरेवल पुलको काम बारे थप जानकारी लिएर छिट्टै निर्माण कार्यमा जाेड दिने बताउनु भयाे । तर मन्त्री श्रेष्ठले भन्नू भएकाे छ विकास निर्माणका कार्यहरूकाे कुरा गर्दा देशभरि नै निर्माण व्यवसायीले अलपत्र अबस्थामा छाेडेका छन् । अब त्यसकाे समाधान भनेकै समयमा काम नसकेमा निर्माण व्यवसायीकाे सम्झौता रुद्ध गरिने उनले बताउनु भएकाे छ ।

देशमा विकास निर्माणका कार्यहरू अगाडि बढाउन, जनतालाई विकासकाे अनुभुती दिलाउन शिक्षा, स्वास्थ, यातायात, सञ्चार, खानेपानी, कृषि लगायताका विषयमा जाेड दिन आवस्यक रहेकाे मन्त्री श्रेष्ठले बताउनु भयाे । विगतका राेकिएका अधुरा निर्माणाधिन कामहरूलाई अगाडि बढाउने मन्त्रीले बताउनु भयाे ।

Leave A Reply

Your email address will not be published.