सरकारले आगामी वर्ष (२०८०) मा दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ।
विभिन्न दिवस, चाडपर्व र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको बिहीबार राजपत्रमा प्रकाशित सूचनामा उल्लेख गरिएको छ।
प्रकाशित सुची अनुसार सरकारले पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा पनि दिएको छ।
राजपत्रमा उल्लेख भएको सूचना अनुसार सबैभन्दा लामो दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिएकाे राजपत्रमा उल्लेख गरेकाे छ ।