नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै।

नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएकाे छ ।

बिहान साढे १० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बैठक बस्न लागेको केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे । यसअघि सानेपास्थित केन्द्रिय कार्यालय र धुम्बाराहीस्थित निवासमा बस्दै आएको बैठक यसपटक वानेश्वरस्थित संसद भवनमा बस्ने भएकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ मा विश्वासको मत लिने तयारी गरिरहेकै बेला कांग्रेसको कार्यसम्पादन समितिका बैठक आज बस्न लागेको हो । बैठकबाट प्रधानमन्त्री दाहाललाई विश्वास मत दिनेबारे निर्णय गर्ने कांग्रेस नेताहरूले बताएका छन् ।

यसअघि पनि पुस २६ गते  कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो भने एमाले र रासपा सरकारबाट बाहिरिएपछि सरकारकाे अर्काे गठबन्धन बनेसँगै  एउटै  कार्यकालमा प्रधानमन्त्री दाहाललाई कांग्रेसले २ पटक विश्वासको मत दिन लागेकाे हाे ।

Leave A Reply

Your email address will not be published.