मोहन ठकुल्ला
डाेटी,
डाेटीमा जारी प्रदेश छनाेट पुरूष तथा महिला भलिबल प्रतियोगिताकाे खेल सम्पन्न भएकाे छ ।
जिल्ला सदरमुकाम सिलगढी टुडिखेल मैदानमा आइतबार सुरू भएकाे १३ ओैँ राष्ट्रियपति रनिङ सिल्ड छनाेट भलिबल प्रतियोगितामा पुरूष तर्फ अछाम र महिला तर्फ बाजुरा प्रथम हुन सफल भएका छन् ।
सुदुरपश्चिम प्रदेश खेलकुद परिषद्ले आयाेजना गरेकाे प्रदेश छनाैट प्रतियोगिताकाे फाइनल खेलमा पुरूष तर्फ अछामले डडेल्धुरालाई २-१ सेटले पराजित गरेर अछाम प्रथम हुन सफल भएकाे हाे । पहिलाे सेट जितेको डडेल्धुराले अन्तिम दुई सेटमा पराजित भइ हार व्यहोरेर द्वितीय हुन सफल भएकाे छ । सेमिफाइनलमा डडेल्धुरासँग पराजित भई डाेटी तृतीय हुन सफल भएकाे छ ।
त्यस्तै महिला भलिबल प्रतियोगिता अन्तर्गत दार्चुलालाई २-१ सेटले पराजित गर्दै बाजुरा प्रथम हुन सफल भएकाे छ भने दार्चुला द्वितीय भएकाे छ । त्यस्तै सेमिफाइनलमा कैलालीलाई प्राजित गर्दै अछाम तृतीय हुन सफल भएकाे छ ।
पुरूष तथा महिला तर्फका अन्तिम फाइनल खेलहरू निकै प्रतिस्पर्धात्मक भएका थिए ।
छनाेट प्रतियोगिता अन्तर्गत सम्पूर्ण जिल्लाबाट सहभागी भएका टिमहरूबाट उत्कृष्ट खेलाडीलाई आजै छनाैट भएकाे जिल्ला खेलकुद समिति डाेटीले जानकारी दिएकाे छ ।