माेहन ठकुल्ला
डाेटी
डाेटीका एकजना डेउडा गायकले आफूले सिर्जना गरेकाे डेउडा गीत अनुमति बिना अर्कैकाे नाम तथा युट्युबमा पाेष्ट गरेकाे भन्दै आपत्ति जनाएका छन् । जिल्लाकाे शिखर नगरपालिका ५ तिजाली स्थायी घर भएका गायक तथा शिक्षक मिनराज ओझाले आफ्नाे रचनाकाे अपमान तथा दुरुपयोग भएकाे भन्दै आपत्ति जनाउनु भएकाे छ । उहाँ विगत १५ वर्ष देखि जिल्लाकाे पूर्वीचाैकी गाउँपालिका २ कुडासैन स्थित नेत्रेश्वरी माध्यामिक विद्यालयमा शिक्षण पेशामा आवद्ध हुनुहुन्छ । तर पछिल्लाे समय यता आफूलाई कुनै जानकारी नगराएर विभिन्न युटुब च्यानलमा अर्कैकाे नामकाे गीत बनाएकाे देख्दा आफ्नाे सिर्जनाकाे अपमान भएकाे उहाँले बताउनु भयाे । उक्त गीतलाई डिल्लीराज फूलाराकाे पुरानाे डेउडा गीत भनेर पाेष्ट गरेकाे उहाले बताउनु भयाे ।
वि.स २०६५ सालमा बजारमा आएकाे “स्वाईनी भन्दा प्याराे दारू” नामक एल्बम भित्रका ८ वटा गीतहरू मध्यका उत्त एक गीत हाे । जस मध्यकाे “दारू खाइबर” डेउडा एकल बाेलकाे भाका संगीत साैगात रेकर्डिङ स्टुडियो तारानगर धनगढी कैलालीमा रेकर्ड गरेर बजारमा ल्याएकाे गीतलाई विभिन्न युट्युब च्यानलबाट अर्कैकाे नाममा पाेष्ट गरेकाे भन्दै गुनासाे पाेख्नु भएकाे छ ।
उक्त गीतकाे लय तथा शब्द रचनाकार स्वयम् आफू रहेकाे र संगीतकार बिजय थापा, स्टुडियो ईन्चार्ज वरिष्ठ डेउडा गायक तथा सर्जक नरेन्द्र राज रेग्मी, एल्मबका वितरक तथा बजार व्यवस्थापक मालिका म्युजिकका प्रबन्धक बिरेन्द्र खड्का रहेकाे ओझाले बताउनु भएकाे छ।
उक्त समयमा पूर्विचाैकी गाउँपालिका २ का लाल बहादुर बिक र आफ्नाे संयुक्त लगानीमा गीत रेकर्ड गरेर बजारमा ल्याएकाे हाे भन्ने उहाँको भनाई रहेकाे छ ।
ओझा पेशाले शिक्षक भयता पनि सामाजिक परिवेशमा घटिरहेका र घट्नसक्ने घटनालाई आधार मानी विकृति विसंगतिलाई मध्यनजर गर्दै बजारमा ल्याएकाे गीतकाे दुरुपयोग भएकाे र आफू उक्त कार्यबाट अपमानित भएकाे भन्दै घाेर आपत्ति जनाउनु भएकाे छ ।