चितवन र तनहुँ उपनिर्वाचनमा रा.स्व.पाकाे विजयी डाेटीमा खुसियाली मनाइयो

राष्ट्रिय स्वतन्त्र पार्टी डाेटीले पार्टी सभापति लामिछाने तथा अर्थविद् वाग्लेकाे विजयकाे उपलक्ष्यमा धन्यवाद तथा विजय र्‍याली गरेकाे छ ।
यहि बैशाख १० गते सम्पन्न भएकाे उपनिर्वाचमा चितवन क्षेत्र न २ बाट रा.स्व. पा का पार्टी सभापति रवि लामिछाने र तनहुँ क्षेत्र न १ बाट स्वणिम वाग्लेकाे विजयकाे खुसियालीमा सकरात्मक सन्देश छर्न बजारमा र्‍याली निकालिएकाे पार्टीले जानकारी दिएकाे छ ।

सम्पूर्ण डाेटेली जनतालाई जिल्लामा परिवर्तन भएकाे सन्देश प्रवाह गर्न र्‍याली निकालिएकाे पार्टी जिल्ला संयाेजक केशव बलाएरले बताए । भावि याेजनाकाे विषयलाई मध्यनजर गर्दै केही दिनमै घरदैलाे कार्यक्रम गर्ने उहाँले जानकारी दिएकाे छ ।

विगतमा विज्ञान संकाय अध्ययन गरेर संयोजक बलायर विद्यार्थी राजनीति देखि नै समाज रूपान्तरणमा साेच पैदा भएकाे उहाँको भनाइ छ ।

उक्त विजय र्‍यालीमा पार्टी प्रदेश र्‍याट विभाग सदस्य कृष्ण बहादुर ऐर, जिल्लाका सम्पूर्ण पार्टी सदस्य, समाजसेवी लगाएको सहभागीता रहेकाे थियाे ।

Leave A Reply

Your email address will not be published.