खप्तड हाई अल्टिच्युट म्याराथन प्रतियोगितामा केन्याका दुई नागरिक सहभागी

डोटी ,जेष्ठ १६
सुबास नेपाली

खप्तड हाई अल्टिच्युट म्याराथन प्रतियोगितामा केन्याका दुई नागरिक सहभागी हुने भएका छन् ।
खप्तड गंगा दशहरा मेलालाई लक्षित गर्दै (हाई अल्टिच्युट) खप्तड शैलेश्वरि खुला म्याराथन प्रतियोगितामा भाग लिन आएका दुई जना विदेशी नागरिकलाई डाेटीमा स्वागत पनि गरिएकाे छ ।

१७ गते संचालन हुने हाई अल्टिच्युट म्याराथन प्रतियोगितामा सहभागी हुन केन्या देशबाट आएका सिमोन किपलागै तु र इल्जा किपरुतो केमेइलाई आयोजकहरु सुदुर पश्चिम खेलकुद परिषद ,उद्योग बाणिज्य संघ डोटी र व्यवस्थापकका तर्फबाट भैरव प्रसाद गणका गणपति जन्मत बहादुर कार्कीले स्वागत तथा सम्मन गरेका हुन् ।

खप्तड- शैलेश्वरि म्याराथन ४२ किलोमीटर हुने भएकाे छ । उक्त दाैड प्रतियोगितामा पुरुष तर्फ प्रथमलाई रू १ लाख २५ हजार द्वितीयलाई रू ८० हजार तृतीयलाई रू ५० हजार नगद पुरस्कार वितरण गरिने भएकाे छ ।

त्यस्तै महिला तर्फ प्रथमलाई रू ५० हजार द्वितीयलाई रू ३० हजार र तृतीयलाई रू २० हजार पुरस्कार वितरण गर्ने आयाेजकले जानकारी दिएकाे छ।

Leave A Reply

Your email address will not be published.