डोटीको सिलगढीमा बर्षिक समीक्षा बैठक तथा आठौं जिल्ला सभा सुरु भएकोछ । जिल्ला समुन्वय समिति डोटीको आयो जनामा आर्थिक बर्ष २०७९/८० को बार्षिक समीक्षा बैठक तथाआठौ जिल्ला सभा आजबाट सुरु भएकोछ पहिलो दिन सभामा जिल्लाका नौ ओटै पालिका र जिल्लामा क्रियाशिल सरकारी तथा गैर सरकारीसंघसंस्थाले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन ।
जिल्ला समुन्वय समिति डोटीको आर्थिक बर्ष २०७९/८० प्रगति प्रतिवेदन जिल्ला समुन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिहले र स्थानिय तहको प्रतिवेदन पालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा प्रतिनिधिले सभामा प्रस्तुत गरेका थिए । भोली प्रस्तुत प्रतिवेदन माथि समीक्षा हुनेछ।