बिडिकेदार गाउँपालिकालाइ काठमाण्डौ माहानगरपालिकाले एमबुलेन्स दिने

  1. डोटी / डोटीको बडीकेदार गाउँपालिकालाई काठमाण्डौं महानगरपालिकाले एम्बुलेन्स दिने भएको छ । काठमाण्डौं महानगरपालिकाले एक सूचना जारी गर्दै डोटीका नौ स्थानिय तह मध्ये बडीकेदार गाउँपालिकलाई छनौट गरेर एम्बुलेन्स दिने जनाएको हो ।

काठमाण्डौं महानगरले गत असोज ४ मा प्रकाशन गरेको सूचना अनुसार बडीकेदार गाउँपालिकाले एम्बुलेन्स माग गरेको थियो । सोहि अनुसार बडीकेदार गाउँपालिका लाई ,ख ,वर्गको एम्बुलेन्स उपलब्ध गराइने महानगरपालिकाले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट राजस्व छुट गराई आवश्यक प्रक्रियामा आउन बडीकेदार गाउँपालिकालाई महानगरले आग्रह गरेको छ । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ बमोजिमका सबै प्रक्रिया अपनाउन समेत महानगरको पत्रमा उल्लेख गरिएको छ ।

काठमाडौं महानगरले चालु आर्थिक वर्षको निति तथा कार्यक्रममा देशका दुर्गम पालिकालाई एम्बुलेन्स उपलब्ध गराउने घोषणा गरकको थियो ।

Leave A Reply

Your email address will not be published.