कैलालीको धनगढीमा भन्सार छलिका सामानसहित डोटीका एक युवक पक्राउ

डोटी- कैलालीको धनगढीमा भन्सार छलिका सामानसहित डोटीका एक युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-३ ब्यारेल अगाडीबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख ५५ हजार मूल्य बराबरको सामानसहित डोटी शिखर नगरपालिका-१ का ३० वर्षीय पदमबहादुर साउँद बिहीवार साँझ पक्राउ परेका हुन्। उक्त मूल्य बराबरका गाडीका पार्टपुर्जा (ब्लकहोल्डर, ग्लयान्डर मेसिन, गाडीको हर्न, रेगुलेटर, फोर पिन रिले, टर्मिनल, बेरिङ्ग लगायत सामानसहित साउँद पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताए।

Leave A Reply

Your email address will not be published.