सर्भे ईन्जीनियरिङ संकायको परिक्षामा ह्वाईट पार्क कलेज डडेल्धुरा सुदूरपश्चिममै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल

 

डडेल्धुरा,  सर्भे ईन्जीनियरिङ संकायको परिक्षामा डडेल्धुराको ह्वाईट पार्क कलेजले सुदूरपश्चिममै सर्वोत्कृष्ट नतिजा ल्याएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद सुदूरपश्चिम प्रदेशले संचालन गरेको शैक्षिक सत्र ०७९÷८० को सर्भे ईन्जीनियरिङ संकायको परिक्षामा कलेज सुदूरपश्चिममै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको हो ।

कलेजले सर्भे ईन्जीनियरिङ संकायको परिक्षामा ४२.३१ प्रतीशत ल्याउँदै सुदूरपश्चिममै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको कलेजका प्रशिक्षक प्रमुख चित्रराज पाण्डेले बताए । यस्तै कैलाली पोलीटेक्निक इन्सिच्युट धनगढीले २५ प्रतीशत र एस के इन्सिच्युट अफ टेक्नोलोजि महेन्द्रनगर कञ्चनपुरले ३७.८४ प्रतीशत ल्याएका छन ।

कलेजले यस वर्षदेखि सुदूरपश्चिमका ७ पहाडी जिल्लामै पहिलोपटक ‘मेडिकल ल्याब टेक्नोलोजी’ विषयमा डिप्लोमा अध्यापन सुरुसमेत गरेको छ। डडेल्धुरा सदरमुकाममा २०७० सालमा स्थापना भएको ह्वाइट पार्क कलेजमा यस वर्षदेखि उक्त ३ वर्षे डिप्लोमा कोर्स पढाइ सुरु भएको हो।

Leave A Reply

Your email address will not be published.