कविता : बा तिमी भगवान हौ

(कबिता)
“बा तिमी भगवान हौ”

बा तिमी भगवान हौ
जुन दिन मैले धर्तीमा पाईला टेके,
सारा खुशी तिम्रो अनुहारमा देखे,
मलाई हेर्न भनि थुप्रै आफन्तहरूको आगमन भएको थियो ।
मेरी आमाले मलाई सुम्सुम्याउदै हुनुहुन्थ्यो ।
सबैले भनेका थिए, आहा! क्या राम्रो बच्चा
अब म जब बिस्तारै हुर्कदै गए,
तब अलि चिन्ताको बिषय सुरु हुँदै गयो ।
घरका आवश्यकता, मेरा आवश्यकता,
सबै कुरा पूरा गर्न गाह्रो हुने भयो ।

मेरा बा तिमी भगवान हौ
मेरो छोरालाई केहीको कमी
हुन दिन्न भनि कसम खानुभयो ।
मेरी आमा अनि मलाई दु:खी बनाउदै
आखामा टिलपिल आँसु पार्दै प्रदेश जानुभयो ।

मेरा बा तिमी भगवान हौ
जब म १० कक्षा पास गरेर,
गाउबाट शहर पस्ने भए ।
तपाईका काधमा जिम्मेवारीका,
खुट्केलाहरु अझै थपिदै गए ।
म तपाईबाट छुट्टिदै गर्दा तपाईले भन्नुभएको थियो,
बाबू, राम्रोसँग पढ्नु है ।
पढेर ठूलो मान्छे बन्नु है ।
छोरो कस्को हो भन्दा मेरो,
नाम आउने काम गर्नु है ।
जमाना खराब छ धेरै,
अरुको भर नपर्नु है ।

बा तिमी भगवान हौ
मेरालागि सबै गर्नुहुन्छ जे भेटिन्छ ।
मलाई सम्झिदा भोक तिर्खा सबै मेटिन्छ ।
जे जे गर्नुहुन्छ मेरालागि गर्नुहुन्छ ।
हिम्मत गरि गरि अघि सर्नुहुन्छ ।।

–डोटेली विनोद
बि.ए.एल.एल.बि प्रथम
सेमेस्टर, के.एम.सी
धनगढी ०८, कैलाली
आदर्श गा.पा ०६,
गिरिचौका, डोटी

Leave A Reply

Your email address will not be published.